अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरिएको हो । त्यस्तै थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न पनि आदेशमा भनिएको छ ।

सर्वोच्चले अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन पनि आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button