अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।

घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको स्रोतले जानकारी दियो । यसअघि मंगलबार १५ जना कर्मचारीमा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार थप २२ जनामा संक्रमण देखिएको थियो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार अख्तियारका १५ जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

महाशाखाले पहिलो चरणमा १ सय ८२ जनाको स्वाब संकलन गरी परीक्षण गरेकोमा १५ जनामा संक्रमण देखिएको थियो । यसअघि १५ र थप २२ कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै अख्तियारमा कोरोना संक्रमित हुने कर्मचारीको संख्या ३७ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button