अनाथ, गरीब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करले चालु आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत कार्यक्रम मार्फत वडाका बिभिन्न बिद्यालयका अनाथ, गरीब तथा जेहेन्दार बिद्यार्थीलाई बिद्यालय पोशाक र शैक्षिक सामाग्री सहयोग गरेको छ ।

श्री मंगलामाई माध्यमिक बिद्यालय र जनता आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री बितरण गरेको सो वडाका अध्यक्ष बिजय गुभाजुले जानकारी दिएका छन् । अनाथ, गरीब, जेहेन्दार बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित अध्ययन् गर्न आउने वातावरण बनाउन सहयोग गर्ने उदेश्यले सहयोग गरिएको वडा अध्यक्ष गुभाजुले बताउनुभयो ।

वडा अध्यक्ष गुभाजुले आफ्नो तलब भत्ता र बिभिन्न सहयोगीबाट पनि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, बिद्युत लगायतका क्षेत्रमा सामाजिक उत्तरदायित्वका काम गरिरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button