अब कोभिड–१९ को पनि बिमा, कति पर्छ प्रिमियम

काठमाडौं । बिमा समितिले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी बिमालेख जारी गर्ने बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९ बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षा प्रदान गर्ने र ग्रामीण स्तरसम्म न्यून आय भएकालाई समेत समावेश गर्ने उद्देश्यले पुलमार्फत सम्पूर्ण निर्जीवन बिमा कम्पनीहरूलाई कोभिड १९ को बिमा गराउन निर्देशन दिएको जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिअनुसार कोभिड १९ को बिमा हाल विद्यमान रहेको घातक रोगसरहको बिमालेखअनुसार हुने गरी गर्नुपर्ने उल्लेख छ । त्यस्तै उक्त बिमामा ‘क’ र ‘ख’ गरी दुई श्रेणी कायम गनुृपर्ने समितिले जनाएको छ । ‘क’ श्रेणीमा एक लाखसम्मको बिमाङक हुने र त्यसमा व्यक्तिगत बिमामा प्रतिव्यक्ति एक हजार र परिवारको सम्पूर्ण सदस्य समावेश भए प्रतिव्यक्ति ६०० बिमाशुल्क कायम हुनेछ । त्यस्तै ‘ख’ श्रेणीमा ५० हजारको बिमाङक हुने र त्यसको प्रिमियम व्यक्तित रूपमा गर्दा ५०० र परिवारका सबै सदस्यले गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बिमाशुल्क लाग्ने समितिले जनाएको छ ।

बिमा दाबीका लागि बिमा सुरु भएको १५ दिन अवधि हुनुपर्ने, दाबी भुक्तानीका लागि कोरोनको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट भएपछि हुने र कोभिड १९ को बिमा लघुबिमाअन्तर्गतको हाल कायम रहेको पुलमार्फत गर्ने समितिले जनाएको छ ।

उक्त बिमालेख जारी गर्दा हाल कृषि र घुम्ती बिमाका लागि तोकिएको जिल्लामा कार्र्यरत बिमा कम्पनीले अनिवार्य रूपमा गर्नुपर्ने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button