अब डेटा र एसएमएस सेवा पनि लोनमा

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अबदेखि मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेलले आफ्ना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्याउने भएको हो ।
शनिबारदेखि ल्याएको नयाँ योजनाअनुसार ग्राहकले पछि शुल्क तिर्ने गरी डेटा र एसएमएस सेवासहितको प्याक वा एसएमएस प्याक खरिद गर्न सक्छन् । एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो ।
डेटा र एसएमएस सेवा प्याकका रूपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफरअन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक करसहित २० रुपैयाँमा सुचारु गर्न सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य रहन्छ ।
ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहित १० रुपैयाँमा सुचारु गर्न सक्छन् ।