अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ट्रम्पले ट्वीट गर्दै आफू र पत्नी मेलानियालाई कोभिडड संक्रमण पुष्टि भएको बताएका हुन् ।

यसअघि उनले आफ्ना एकजना निकट सहयोगीमा कोरोना भाइरसको संक्रमण देखिएकाले क्वारेन्टिनमा बसेको बताएका थिए ।

आफ्ना ३१ वर्षीय सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प र मेलानियाले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए ।

ट्रम्पअघि कोरोना संक्रमण पुष्टि भएकी हिक्स ओहायोमा भएको टेलिभिजन बहसमा सहभागी हुन जाँदा एयर फोर्स वानमा राष्ट्रपति ट्रम्पसँगै थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button