अर्काको जग्गामा ठेकेदारको दादागिरी

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका४ चनौटे भाँगेचौरमा निमार्ण हुँदै गरेको र्‍याप्टिङ प्रशिक्षण केन्द्रका ठेकेदार र बिचौलियाले अर्काको जग्गामा मुआब्जा नदिई जबरजस्त रुपमा बाटो बनाएका छन् ।

ब्यक्तिगत र सार्वजनिक जग्गा अतिक्रमण गरेर मनलागी बाटो खनेका छन् । बलेफी गाउँपालिका४ का सुकदेव श्रेष्ठ, चन्द्र श्रेष्ठ लगायत अन्य दुई जना स्थानीय निमूखाको तीन रोपनी भन्दा बढी जग्गा ठेकेदारले जबरजस्ती बाटो खनेका छन् । सुकदेव, चन्द्र लगायतका स्थानीयले उक्त जग्गा बलेफी गाउँपालिकाले बनाउन लागेका खेलमैदानको लागि प्रयोग गर्न दिने सहमती गरेका थिए । तर गाउँपालिकाले उक्त जग्गामा खेलमैदान निमार्ण नगरेपछि जग्गाधनी आफैले उक्त जग्गा प्रयोग गर्न लागेका थिए ।

गाउँपालिका खेलमैदानका लागि पाँच लाख बजेट बिनियोजन गरी काम भएको थियो । उक्त खेलमैदानको लागि पालिकाले गत बर्ष दश लाख बजेट हाल्ने निर्णय गरेको थियो । तर दोश्रो चरणको कोभिडका कारण बिनियोजित बजेट अन्य शीर्षकमा स्थानान्तरण गरेको थियो । तर ठेकेदारले जग्गाधनीलाई सहमतीमा नल्याई आफू खुशी बाटो निमार्ण गरेका छन् । 

सार्वजनिक जग्गा पनि सम्बन्धित निकायसंग समन्वय नगरी सडक खनेका छन् । आइतबार राती नौ बजे ठेकेदार र बिचौलियाले सबै जग्गाधनी सुतेको मौका छोपेर ब्यक्तिगत र सार्वजनिक जग्गामा सडक निमार्ण गरेका छन् । सडक खन्ने त्रममा जग्गाधनीका आफान्तजन र छिमेकीले जग्गाधनीको इच्छा बेगर सडक निमार्ण नगर्न आग्रह गरेका थिए । तर ठेकेदार र बिचौलियाले बलजफती सडक खन्न थालेपछि स्थानीयले थाहा पाएर सडक खन्न रोकेका थिए । सो क्रममा स्थानीय र ठेकेदारबीच साधारण भनाभन मात्रै भएको चन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 

सो क्रममा कसैले चन्दा नमागेको तर ठेकेदार र बिचौलियाले बिभिन्न आरोप लगाएको उनले बताएका छन् । र्‍याप्टिङ प्रशिक्षण केन्द्र निमार्णका लागि नेपाल पर्यटन बोर्डबाट १३ करोड बजेट उपलब्ध गराएको छ । प्रशिक्षण केन्द्र निमार्ण जिम्मा पाएका पेटी ठेकेदार (दोश्रो ठेकेदार) आर एस निमार्ण कम्पनीले जग्गाधनीको इच्छा बिपरित सडक खनेका हुन् । दोश्रो ठेकेदार मान बहादुर बम्जनलाई स्थानीयले पटक पटक सडक खन्न वा नखन्न बोलाईको वार्ता कहिल्यै उपस्थिती नभएको स्थानीयले जानकारी दिएका छन् ।

सिन्धु पर्यटन ब्यबसायी नारायण श्रेष्ठले जग्गाधनी र स्थानीयलाई बेवास्ता गर्दै ठेकेदार पक्षलाई एकतर्फी सडक निर्माणका लागि उस्काउदैं आएको स्थानीयले आरोप लगाएका छन् । ठेकेदारले स्थानीय र सार्वजनिक जग्गामा चरम लापरवाही गर्दा पनि वडा अध्यक्ष बिकास श्रेष्ठले बिबाद समाधान गर्न नलागेको स्थानीयको आरोप छ । उक्त प्रशिक्षण केन्द्र निमार्णमा प्राबिधिक मापदण्ड पूरा नभई लापरवाही तरीकाले गर्न थालिएको छ । ठेकेदार मान बहादुर बम्जनलाई यसबारे बुझ्न हामीले पटक-पटक फोन सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button