अर्जुन लामा सम्पर्कबिहिन

रातोपाटी न्युज / सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-२ स्थायी घर भएका अर्जुन लामा काठमाडौंको इचुङगु नारायण नगरपालिका-३ हल्चोकको सिङटलीबाट मङसिर १ गते रातीबाट बेपत्ता भएका छन् ।

बर्ष ४१ का लामा केही समयदेखि बिरामी अबस्थामा रहेका थिए । मध्य राती १२ बजेका समयमा घर छाडेर हिंडेको परिवारजनले जनाएका छन् । राती घर छाडेर हिंडेका कारण खोजतलास गर्दा कँही कत्तै नभेटिएको परिवारजनले बताएका छन् ।

आफन्त, नातागोता, छरछिमेकी, चीनजानका सबै ठाउँमा खोजी गर्दा कत्तै नभेटिएपछि परिवारजन अत्यन्तै चिन्तामा परेको प्रेम कुमार तामाङले पीडा ब्यक्त गरेका छन् । अर्जुनको खोजी कार्य जारी रहेको छ प्रेम भन्छन ‘प्रहरी कार्यालयमा पनि अजुनको खोजी गर्न निबेदन दिएका छौं ’।

बेपत्ता अर्जुन गँहुगोरो वर्णका रहेका छन् । लामाले खैरो ट्रयाक्स ज्याकेट, निलो जिन्सको पाइट, कालो क्याप, निलो चस्मा लगाएको परिवारजनले जनाएको छ ।

कसैले कँही देखे, भेटेमा नजिकको प्रहरी कार्यालय अथवा प्रेम लामा ९८६३२०१८६७, माइली लामा ९८६१४११८५४ र सोनाम लामा ९८५१०२४११९ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button