अर्थमन्त्री खतिवडाले आज राजीनामा दिंदै, ११ बजे बोलाइयाे मन्त्रिपरिषद् बैठक

काठमाडौं । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

त्यहीं अर्थमन्त्री तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिंने तयारी रहेकाे बताइएकाे छ ।

युवराज खतिवडा ६ महिनाअघि नै सांसद पदमुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो ।

राजीनामा दिए लगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् ।

त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको बताइएकाे छ ।

राष्ट्रियसभा सदस्यमा मनोनयन सिफारिस भएका उपाध्यक्ष गौतमले पनि अर्थमन्त्रीमा इच्छा देखाइरहेको भए पनि उनी मन्त्री बन्न संविधान वाधक देखिएको छ ।

आजैको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्टपतिलाई सिफारिस गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button