अहिले प्रयोगमा रहेका खोपले नै ओमिक्रोनविरुद्ध काम गर्छः डब्ल्युएचओ

एजेन्सी । अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअ‍ो) ले जनाएको छ ।

अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌अ‌ाएकै खोपले काम गर्ने देखिएको हो ।

चलन चल्तिमा अ‍ाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको बिबिसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button