आईजीसी नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक आज बस्दै

काठमाडौँ । अन्तरसरकार समिति (आईजीसी) नेपाल र भारत वाणिज्य सचिवस्तरीय बैठक सोमबार बस्ने भएको छ ।
भिडियो कन्फरेन्समार्फत हुने बैठकमा मुख्यतः व्यापार सन्धि पुनरावलोकन, लगानी प्रवर्द्धनलगायत विषय मुख्य एजेन्डामा छन् ।
बोर्डर ट्रेडको पूर्वाधार निर्माण र सहजीकरण, ज्वाइन्ट बिजनेस फोरम निर्माणका विषयमा पनि छलफल हुने जनाइएको छ ।