आजदेखि मौसममा सुधार आउने

काठमाडौं । केही दिनदेखि मौसममा भएको बदली आजबाट क्रमिक रुपमा सुधार हुँदै जाने मौसम विभागले जनाएको छ ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।
यस्तै आइतबार राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको छ ।
भाेलि सोमबार दिउँसो – सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरी राति– सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
पर्सी मंगलबार दिउँसो – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरी राति– सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।