आजबाट देशभर ‘सवारी पास’ बन्द, काठमाडौं आउन/जान रोक

काठमाडौं । आजबाट देशभर‘सवारी पास’ बन्द गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले देशका सबै जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको थियो ।
गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न परिपत्र जारी गरेको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देश समेतका आधारमा हालसम्म जारी हुँदै आएको सवारी पास ब्यबस्थालाई कोरोना जोखिम मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्म आजदेखि लागू हुने गरी वितरण नगर्नु नगराउनहुन अनुरोध गरिएको मन्त्रालयले जनाएको थियो । यो निर्णयसँगै अब एक जिल्लाबाट अर्काे जिल्लामा गाडीमार्फत जान पाइने छैन। काठमाडौं भक्तपुर र ललितपुरमा आवतजावत गर्न भने पासको आवश्यकता पर्दैन ।
यसैबीच काठमाडौं जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको सूचना प्रकाशन गरेको छ ।