आज कांग्रेस शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न शीर्ष नेताहरूको बैठक आज बस्ने बसझिएको छ ।

पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुनेछन् । कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न भोलि केन्द्रीय समिति बैठक डाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button