आज काठमाडौंमा थपिए २ सय २४ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकाभित्र आज थप २ सय २४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा एक सय ७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार काठमाडौंमा एक सय ६६ जना संक्रमित फेला परेका थिए।

सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button