आज कोरोनाबाट १५ जनाको मृत्यु, १९ सय संक्रमित थपिए

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा १५ संक्रमितको मृत्यु भएको छ।
यस्तै, विगत २४ घण्टामा नेपालभरि थप १,९१३ जना संक्रमित थपिएको छ। यो सँगै देशभर कुल संक्रमितको संख्या दुई लाख चार हजार नाघेको छ।
अहिलेसम्म नेपालमा १,११८९ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिले थप २,३४९ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा अहिलेसम्म पुष्टि भएका ३८,४६१ जना सक्रिय सङ्क्रमित छन्।
अहिलेसम्म १,६४,५९२ जना निको भएको सरकारी तथ्याङ्क छ।