आज थप एक हजार ९ सय ८० जनामा कोरोना पुष्टि

नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म संक्रमणबाट एक हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्।
साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। २ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।