आज थप १४७७ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा थप १४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशभरका प्रयोगशालमा गरिएको परीक्षणमा थप १४७७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
सो अवधिमा देशभरि ६,४७६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९७७६ पुगेको छ। यस्तै, कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२१ पुगेको छ। आज थप २७९८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७३४३० पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म १६ लाख ९ हजार ७९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा १ हजार २१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ३५ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्।