आज थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १हजार ५ सय ५१ जना कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा १५ सय ५१ जना संक्रमित थपिएको पुष्टि भएको छ ।
यससँगै नेपामा कोरोना संक्रमितको संख्या ९०हजार८१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ४० जना निको भएका छन् ।
त्यस्तै थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।