आज थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।
आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ।