आज थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

आज ११ हजार १६७ पीसीआर परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button