आज थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।