आज थप ७ सय ४२ जना कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।