आज देशभर थपिए १०४१ संक्रमित, निकै हुनेको संख्या धेरै

काठमाडौं । नेपालमा आज देशभर १०४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितबारे जानकारी दिएको हो।

नेपालमा आज थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण भएसँगै देशभर कुल संक्रमितको संख्या ४५,२७७ पुगेको छ।

आज देशभर थप १५६६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१२७ पुगेको छ।

नेपालमा निको हुनेको दर ६० प्रतिशत छ ।

संक्रमण पुष्टि भएका मध्ये १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन्। संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना छन् भने ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ५७ हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ। देशभर ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button