आज देशभर थपिए २८१७ कोरोना संक्रमित
उपत्यकामा १५ सय ३३ संक्रमित थपिए

काठमाडौं । नेपालमा आज थप २८१७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिंगमा २८१७ जना संक्रमित थपिएको जनाएको छ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९४४५३ पुगेको छ।
आज २८ सय १२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
यस्तै आज संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ।
देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ।
पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण भएको छ।
उपत्यकामा १५ सय ३३ संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज थप १५३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १०९४ , भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै नेपालमा आज थप २ हजार ८१७ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ९४ हजार १८० पुगेको छ।
पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण भएको छ।