आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे संसदको बैठक बस्न लागेको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७, ७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद अवरोधको क्रम जारी नै राख्ने जनाएको छ । सभामुख अग्नि सापकोटाको बर्हिगमन र आफ्नो दलले कारबाही गरेका माधव नेपाललगायतका १४ जना सांसदहरुलाई पदमुक्त गर्नुपर्ने एमालेको माग कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button