आज बाेलाइएको नेकपा सचिवालय बैठक आइतबार सारियाे

काठमाडौं । आज पेरिसडाँडामा तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आइतबारका लागि सरेको छ ।
महासचिव विष्णु पौडेलका अनुसार आज बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको हाे ।
सचिवालय बैठकले समसामयिक र पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने पौडेलले जानकारी दिएका छन् । बुधबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय गरेको थियो ।
तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो।