आज साँझ ५ बजे अघिनै सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरीत काम गरेको भन्दै आज साँझ ५ बजे अघिनै सबै विकल्पको प्रयोग गरेर यो प्रवृतिलाई परास्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा ५ बजे अघि नै केही न केही उपाय निकाल्ने र त्यासका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।