आज २७२२ जना कोरोना संक्रमित थपिए, ३३०७ निको भएर घर फर्के

काठमाडौं । नेपालमा आज थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८२४५० पुगेको छ।

गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै गएको २४ घण्टामा ३३ सय सात जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ।

अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button