आन्तरिक हवाइ उडानको भाडादर बढ्यो, कुन रुटको भाडा कति पर्छ ? (सूचीसहित)

काठमाडौं । आन्तरिक हवाई उडानमा ५४० रुपैयाँसम्म बृद्धि भएको छ । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आइतबारदेखि लागु हुनेगरि आन्तरिक उडानको भाडादर बढाएका हुन् ।

एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको हो । नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ । निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गर्ने गर्छ ।

आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगरनेपालगञ्ज रुटमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button