आपत् परे यी स्थानमा पाइन्छ ग्यास (सम्पर्क नम्बरसहित)

काठमाडौं । उपत्यका र आसपासको क्षेत्रमा ग्यास उत्पादक उद्योगहरूले आइतबारदेखि रिटेल आउटलेट खोली उपभोक्तालाई सहज आपूर्ति गराउने भएका छन् । कोरोना भाइरसका कारण देखिएको विश्वव्यापी समस्याले गर्दा एलपी ग्यासको माग अत्याधिक आएकाले उपभोक्तालाई सहज उपलब्ध गराउने उद्योगीहरूले त्यसो गरेका हुन् ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तामा सूचना जारी गर्दै आत्यावश्यक परेको खण्डमा ती स्थान तथा वितरकमा गइ आवश्यकता परिपूर्ति गर्न आग्रह गरेका छन् । सम्बन्धित उद्योगले राजधानीका विभिन्न स्थानमा रहेका आफ्ना रिटेल आउटलेटमा सहजरूपमा ग्यास उपलब्ध हुने दाबी गरेका छन् । उपभोक्ताले पनि निगमले तोकेको अधिकतम बजार मूल्य १३ सय ७५ रुपैयाँ तिरेर ग्यास लैजान आग्रह गरिएको छ ।

चैत ९ देखि खुल्ने ती रिटेल आउटलेटबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास पाइनेछ । नेपाल आयल निगमले एलपी ग्यासको आयात नियमित भइरहेका कारण धैर्यधारण गर्न तथा अनावश्यक जगेडा नगर्न आग्रह पनि गरेको छ ।

यसैबीच नेपाल आयल निगमले निगम कार्यालयमा सहायता कक्ष स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद् निर्णयअनुसार निगमले आइतबारदेखि सहायता कक्ष स्थापना गर्न लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । सहयता कक्षमा ग्यास उद्योगीका प्रतिनिधिसमेत हुनेछन् ।

ग्यास पाइने स्थानहरू
१) नेपाल ग्यास र तारा ग्यास : क) बीएमसी कर्नर, बालाजु ९८५१०३२२८३  । ख) अनामनगर स्टोर, अनामनगर  ०१४७७०४७८। ग) एसएन स्टोर, सातदोबाटो ०१५५२७२७९ ।
२) सगर ग्यास र चण्डी ग्यास : बिक्री डिपो, जडीबुटी  ।
३) एसटीसीः क) साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी । ख) गोदाम, जडीबुटी ।
४) ओम ग्यास : क) आदर्श स्टोस, थली डाँछी । ख) उत्सव खड्का, नैकाप ९८५१०२४२७१ ।
५) बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास : क) भद्रा फ्युल सेन्टर, कपन ९८५१२३१०८२ । ख) इलाइट सिल अगाडि, धुम्बाराही
६) एचपी ग्यास : असिम किचेन एन्ड ग्यास सप्लायर्स ९५१०६०४३६
७) सिद्धार्थ ग्यास : केसी एलपी ग्यास सप्लायर्स ०१५२०१०३३
८) श्रीमाया ग्यास : कम्पनीको डिपो सतुंगल ०१५१०८१६२
९) लोकप्रिय ग्यास : भान्जा ट्रेडर्स नैकाप ०१४३१०५२
१०) राजधानी ग्यास : बिक्री डिपो, सीतापाइला ९८४९५६३४३५
११) सूर्य ग्यास : जोशी भीमसेन स्टोर, जगाती ९८४१७५३८१६
१२) गीता ग्यास : टोयोटा शोरुमको अगाडि, धुम्बाराही ९८४१७४५२६२
१३) हिमाल ग्यास : प्रयास ट्रेडर्स एन्ड सप्लायर्स, भगवतीबहाल ९७४१२४७६४५
१४) नमस्ते ग्यास : कुमार स्टोर कागेश्वरी मनहरा ९८४१६९३६७२
१५) भानु ग्यास : लीला ग्यास डिपो, गोंगबु ९८५१२४६२५४
१६) एभरेस्ट ग्यास र सुगम ग्यास : ग्यास एन्ड अक्सिजन ट्रेड सिफल ९८०१०९१२७७
१७) श्रीराम ग्यास : सेल्स डिपो, हरिसिद्धि ललितपुर ०१५२५१२२५

यस्तो छ सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button