आफूलाई सर्वहाराको नेता ठान्ने काम असंवैधानिक गर्ने : कांग्रेस सांसद देव

आफूलाई सर्वहाराको नेता ठान्ने काम असंवैधानिक गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठकमा कुरा उठाएको छ ।

कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शुक्रबार राष्ट्रिय सभामा दलका तर्फबाट बोल्दै बहुमतको प्रधानमन्त्रीलाई  कुन संविधानले प्रतिनिधि सभा विघटनको अधिकार दिएको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न गरेका छन् ।

उनले प्रतिनिधि सभा विघटनको अधिकार दिएको व्यवस्था देखाउन समेत चुनौति दिएका छन् । तर प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग गरेर संवैधानिक काम गरेँ भनिरहेको उनले बताए ।

‘महाराजले मैले जे गरेँ ठिक गरेँ भनिरहनु भएको छ। प्रतिनिधिसभा विघटन गरेँ ठिक गरे। ६४ प्रतिशत प्रतिनिधिको नेता भएकोले भंग गरेर ठिक गरेँ। संवैधानिक गरेँ भनिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले भने, ‘तर अरूले यो असंवैधानिक छ भनिरहेका छन्। यो विषय अदालतमा छ योभन्दा धेरै म भन्दिनँ।’

उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने पनि बताएका छन्। विघटन हुनुलाई उनले राजनीतिक दुर्घटनाका रूपमा लिएका छन्।

‘देश राजनीतिक दुर्घटनाको विन्दुमा आइपुगेको छ। कुहिरोको कागजस्तो भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई पार्टीभित्र कसैले काम गर्न दिएन भने त्यो पार्टीको समस्या हो देशको समस्या होइन। अल्पमतमा परेपछि पार्टीले अर्को नेता बनाउन सक्थ्यो। देशलाई खाल्डोमा जाक्न मिल्दैन।’ आफूलाई कम्युनिष्ट र जनताको प्रतिनिधि भन्नेले असंवैधानिक काम दुनियाँमा कहीँ पनि नगरेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button