आफैं संविधान संशोधन सम्बन्धि प्रस्ताव कार्यसूचीबाट हटाएर प्रमुख प्रतिपक्षीलाई आरोप लगाउनु गम्भीर : कांग्रेस संसदीय दल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले जेठ १४ गतेको कार्यसूचीबाट आफैं संविधा संशोधनको प्रस्ताव हटाएको र प्रमुख प्रतिपक्षी दललाई आरोप लगाउनु गम्भीर भएको जनाएको छ ।

संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्‍नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यसबारेमा आरोपित गर्न खोज्‍ने कार्यलाई कांग्रेस संसदीय दललले गभ्मीरतापूर्व लिएको जनाएको छ ।

कांग्रेस संसदीय दलले जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धि प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएकोसमेत जनाएको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “जेठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो र जेठ १४ का लागि बैठक अथवा कार्यसूची निर्धारित थिएन । अतः जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button