आफ्नो पार्टीका सांसद्लाई निकाल्ने कसैको तागत छैन् : पुर्व प्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांसद्लाई निकाल्ने कसैको तागत नभएको दाबी गरेका छन् ।

बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकाले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताएका हुन् ।

उनले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रुपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button