आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको : उपप्रधानमन्त्री

पोखरा । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आइतबार पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्नुहुँदै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे ।

पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले तीनवर्षे कार्यकालमा गरेका उपलब्धिलाई जनता समक्ष प¥ुयाउन मिडियाले भूमिका खेल्नुपर्ने बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कोपी शर्मा ओली नेतृत्व नै नेकपा आधिकारिक पार्टी भएको कारण सूर्य चिन्ह पनि बाहिर नजाने बताउँदै उनले मुलुकको स्थायित्वका लागि निर्वाचनमा जुट्न सबैलाई आग्रह गरे ।

सरकारले जनतालाई स्वास्थ्यमा पहुँच पु¥याउने लक्ष्यका साथ मुलुकको इतिहासमै पहिलो पटक एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेको बताउँदै उनले अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५६ अर्ब विनियोजन गरेको जानकारी दिए ।

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य किरण गुरुङले जनाधार बलियो भएको पार्टीमा बासको सुत्लो उकिएको एउटा टुक्राले पार्टीलाई कुनै असर नपर्ने बताए ।

पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले लोकतन्त्रमा निर्वाचन सर्वोत्तम विधि भएको बताउँदै देशव्यापी पार्टीले गरेको जनप्रदर्शन निर्वाचनको तयारीका लागि भएको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button