इकाई सभापति श्रेष्ठद्धारा छात्रवृति

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँगे्रस बलेफी गाँउपालिका ८ इकाई सभापति रमेश कुमार श्रेष्ठले बनसाँघु माध्यमिक बिद्यालयका एक जेहेन्दार र गरीब छात्रालाई छात्रवृति प्रदान गरेका छन् ।

२०७१ साउन १७ गते भीषण जुरे पहिरोमा परेर ज्यान गुमाएकी छोरी जया श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘जया स्मृति कोषबाट’ सो बिद्यालयकी कक्षा ८ मा अध्ययनरत छात्रा रजनी अधिकारीलाई नगद छात्रवृति प्रदान गरिएको छ । जेहेन्दार र गरीब बिद्यार्थीहरु शिक्षाको पहुँचबाट टाढा नहोस् भनेर छात्रवृति दिएको सभापति श्रेष्ठले बताए ।

सो बिद्यालयको ११ औं बार्षिकत्सवमा सभापति श्रेष्ठले छात्रा अधिकारीलाई छात्रवृति सहयोग गरिएको बनसाँघु माबिका प्रअ नवराज नेपालले जानकारी दिएका छन् । आगामी बर्षदेखि एक छात्र, एक छात्रालाई १२ हजार पाँच सयका दरले छात्रवृति दिने सभापति श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button