उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले जापानको समुन्द्रमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापान र अमेरिकाका अधिकारीले बताएका छन् ।

अमेरिकामा बाइडेनले सत्ता सम्हालेपछि उत्तर कोरियाले पहिलो पटक मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन ।

यता मिसाइलका कुनै पनि भग्नावशेष वा अंश आफ्नो स्वामित्वको जल क्षेत्रमा नखसेको जापानले बताएको छ । केही दिन पहिले मात्रै उत्तर कोरियाले यल्लो सी मा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।

क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैन । तर ब्यालेस्टिक मिसाइललाई खतरनाक हतियार मानिन्छ । जापनका प्रधानमन्त्री योहिहिदे सुगाले बिहीबार उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button