उपत्यकाका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

तत्कालिन अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आइसीयु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए।

कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आइसीयु, भेन्टिलेटर र अख्सिजन लगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए।

यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे।

यसैगरी अस्पतालहरुले विभिन्न होटलहरुसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ।

मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरुले होटलहरुलाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गर्न पाउनेछन।

यद्यपि त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button