उपत्यकाको तिन जिल्लामा थप १ हजार ५५२ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५५२ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा कोरोना पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button