उपत्यकामा खाद्यान्न पसल ९ बजेसम्म मात्रै खोल्न पाइने

काठमाडौं । काठमाडौँमा अत्यावश्यक सेवामध्ये पानी र औषधी तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौविसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने विहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ।
अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको शिलशिलामा अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल जुनसुकै समयमा पनि खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।
यद्यपि अत्यावश्य वस्तु र सेवामध्ये खाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तकारी, माछामासु आदि बिक्रीवितरण गर्ने पसल भने बिहान ९ः१५ बजेसम्म खोल्न पाइने छ।
यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाईजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यही भदौ ३ गते राती १२ः०० बजेदेखि भदौ १० गते राती १२ः०० बजेसम्मका लागि उपत्यकाभर लागु हुने गरी अत्यावश्यकबाहेकका गतिविधिमा निषेधको आदेश जारी भएको छ । महामारीको रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रामण रोक्न उक्त आदेश जारी गरिएको हो।