उपराष्ट्रपति पुनले छाडे सरकारी निवास

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।

नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सरेको उनको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। 

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button