एकीकृत समाजवादीले जनपरिचालन अभियान चलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँनाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ ।

त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एकएक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

यी नेतालाई जिम्मेवारी 

प्रदेश नम्बर १प्रमेश हमाल, उपाध्यक्ष
मधेश प्रदेशजगन्नाथ  खतिवडा, उप महासचिव
वाग्मती प्रदेशगङ्गलाल तुलाधर, उप महासचिव
गण्डकी प्रदेश  – जयन्ती राई, उपाध्यक्ष
लुम्विनी प्रदेशबिजय पौडेल, उपमहासचिव
कर्णाली प्रदेशबेदुराम भुषाल, महासचिव
सुदूरपश्चिम प्रदेशरामचन्द्र झा, सचिवालय सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button