एकै दिन थपिए कोरोना भाइरसका १४५९ संक्रमित

काठमाडौं । नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ३ सय ७५ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।
यस्तै, कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।
नेपालमा पहिलोपटक गत माघ महिनामा कोरोना भाइरसको संक्रमित फेला परेयता ८ लाख ६१ हजार ७ सय ८० जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ ।
नमूना परीक्षण गरिएकामध्ये ५६ हजार ७ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएकामध्ये हालसम्म ४० हजार ६ सय ३८ जना संक्रमण मुक्त भइसकेका छन् भने ३ सय ७१ जनाको संक्रमणबाट मृत्यु भएको ।
हाल देशभर गरी १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै, कोरोना संक्रमणको आशंकामा ७ हजार २ सय ५० जना क्वारेन्टाइमा रहेका छन् ।