एन्फाको निर्वाचन जेठ १५ मा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ । एन्फाको बिहीबारबाट बसेको १५औँ कार्यसमिति बैठकले जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको हो ।

आगामी निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा दुवै जना एकै ठाँउमा थिए ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको बैठकमा २० एजेन्डामा छलफल भएको थियो । त्यसमध्ये बिहीबार साँझसम्म पहिलो ६ एजेन्डामात्र छलफल भएको थियो । बाँकी एजेन्डामा शुक्रबार छलफल भएको हो ।

बैठकले शुक्रबार वार्षिक रूपमा गर्दै आएको खेलाडी सम्मानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजनमा चार उपाध्यक्ष रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरेको थियो । साथै ‘ए’, ‘बी’ र ‘सी’ डिभजन लिग खेल्ने क्लबलाई तयारी स्वरूप दिइँदै आएको रकममा दुई लाख ५० हजार थप गर्ने निर्णयसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button