एमबीबीएस प्रवेश परीक्षामा पाँच जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । एमबीबीएस प्रवेश परीक्षामा पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले पाँचजनालाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एकजना परीक्षार्थी नै हुन् । उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए । यद्यपि, अहिले फरार छन् । एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button