एमसीसीः संसद भवनको सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबुल गरिएलगत्तै देशभर आन्दोलन तीब्र बनेसंगै सुरक्षा व्यवस्था कडा पारिएको हो । खासगरी नयाँ बानेश्व क्षेत्रमा विरोध प्रदर्शनको क्रम बढ्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

संसदमा एमसीसीबारे आजदेखि छलफल प्रारम्भ हुँदैछ । संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।

यसअघि सरकारले आइतबार एमसीसी प्रस्ताव टेबुल गरेपछि दिनभर नयाँ बानेश्वर र त्यस आसपासका क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो । आज दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दल र तिनका भ्रातृ सङ्गठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button