एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै नेकपा एकीकृत समाजवादी चितवनको प्रदर्शन

खुशमाया काउचा, चितवन । नेकपा एकीकृत समाजवादी पार्टीका मोर्चा संगठनले चितवन लगायत देशैभरका एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।

आज चितवन चौबीसकोठीमा कोणसभा गरी नेकपा एकीकृत समाजवादीले एमसीसी विरुद्ध प्रदर्शन गरेको हो । उक्त कार्यक्रममा जिल्लाका शिर्ष नेताहरुले एमसीसीको विरुद्धमा डटेर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघ समाजवादीका संयाेजक लगायतका नेताहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, राष्ट्रहित विरोधी एमसीसी फिर्ता लैजाऊ’ भनेर नाराबाजी गरेका छन्। साे वक्ताहरुले एमसीसी परियोजना राष्ट्रघाती भएको जनाएका छन्।

देशको सार्वभौम सत्तालाई बेच्ने अधिकार कसैलाई नभएको महिला नेतृहरुले बाेलेका थिए। देश र जनताको चाहना विरुद्ध जाने कसैलाई माफी नहुने वक्ताहरुको भनाई छ। उनीहरुले देश र जनताको लागि समर्पित हाम्रो पार्टी सँधै अडिग रहने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यप्रसाद लामिछाने प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उपसचिव तथा मोर्चा संगठन प्रमुख नरेन्द्र कन्दङ्वाको संयोजत्वकमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button