एमसीसी संशोधन नगरी यथास्थितिमा पास गरिनुहुन्न : नेकपा एस नेता नेपाली

काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का धादिङ जिल्ला कमिटि सदस्य तथा नेकपा एस निकट जनवर्गीय संगठन युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य टिकाराम नेपालीले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै संशोधन नगरी यथास्थितिमा पास गर्न नहुने बताएका छन् ।

आइतबार धादिङको सदरमुकाम धादिङबेसी बजारचोकमा आयोजित एमसीसीको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालीले एमसीसी परियोजना राष्ट्रघाती हुने भएकाले आफूहरु असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशङ्का कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताए ।

नेता नेपालीले भने, ‘एमसीसीका कतिपय बुँदाले संविधानलाई नै चुनौती दिने गरी नेपालको संविधानविपरित उद्धार लोकतन्त्र र अर्थतन्त्रको बाटोमा हिँडनुपर्ने शर्त राखिएको छ । जबकी, हामीले संविधानमा समाजवादी कार्यक्रममार्फत समाजवादमा जाने कुरा गरेका छौँ । यही अवस्थामा एमसीसी संशोधन नगरी पास गर्नु हुन्न् ।’

नेता नेपाली एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रिय महासचिव हुन् भने उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button