एमालेका निर्वाचित वडाध्यक्ष सहित सयौँ नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नुवाकोट जिल्लाका निर्वाचित अध्यक्ष वडाध्यक्ष सुब्बा तामाङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
वेलकोटगढी नगरपालिका वडा नम्बर एकबाट निर्वाचित वडाध्यक्ष तामाङसहितका सयभन्दा बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रवेश गराउनुभएको हो ।
विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुमा शिक्षक आन्दोलनका अगुवा श्रीराम पाण्डे देखि नेकपा एमाले, नेपाली कांग्रेस लगायतका रहेका छन् ।
पार्टी प्रवेश गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई वडा, टोल र गाउँगाउँमा गएर संगठित गर्न अपिल गर्नुभयो । र् अब छिट्टै स्थानीय तहको चुनाव आउँदै छ, तपाईहरु गाउँगाउँ गएर कलमको प्रचार गर्नुस्,’ अध्यक्ष नेपालले भन्नुभयो । उहाँले कलम न्याय र ज्ञानको प्रतीक भएकोले सबैमाझ यसको प्रचार गर्नुपर्नेमा उहाँको जोड छ ।
अध्यक्ष नेपालले मात्रै होईन, उपस्थित नवप्रवेशीले पार्टीलाई जनतामाझ लैजान महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता समेत गरेका छन् । पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेहरुको संख्या भने दिनानुदिन वृद्धि भएको नेता कार्यकर्ता बताउँछन् ।