एमाले सिन्धुपाल्चोकका प्रभावशाली नेता बलेफी गाउँपालिका अध्यक्ष काँग्रेस प्रवेश

सिन्धुपाल्चोक । २०७४ सालको स्थानीय तहका निर्वाचनमा नेकपा (एमाले)बाट बलेफी गाउँपालिका अध्यक्षमा विजयी केदार क्षेत्री मंगलबार नेपाली काँग्रेस प्रवेश प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोकमा प्रभावशाली नेताको पहिचान बनाउनु भएका एमाले बागमती प्रदेश सदस्य समेत रहेका क्षेत्रीले पार्टीप्रति असन्तुष्टि जनाउँदै दुई साताअघि एमाले परित्याग गरेका थिए ।
आज आयोजित एक समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिँदै क्षेत्री लगायतलाई नेपाली कांग्रेसमा स्वागत गरे ।
पालिका अध्यक्ष क्षेत्रीसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य कृष्ण क्षेत्री, नेता विष्णु तिमिल्सिना लगायत पनि एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । उनीहरु सबैलाई सभापति देउवाले पार्टी सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् ।
नवप्रवेशी क्षेत्रीले काँग्रेसमा आबद्ध भएर काँग्रेस संगठन विस्तारमा लागेर तीनै तहका सरकारमा काँग्रेसलाई जिताउन लाग्ने बताउनु भएको छ।